माओवादी केन्द्र जाजरकोटमा विवाद, जनकराजका बिरुद्ध पार्वती थापा बागी उम्मेदवार



जाजरकोट २० बैशाख । 

माओवादी केन्द्र जाजरकोटमा स्थानीय तह निर्वाचनको उम्मेदवार छनोटको बिषयलाई लिएर ब्यापक बिबाद उत्पन्न भएको छ ।

बिबाद बढ्दै गएपछि जाजरकोटको कुशे गाँउपालिकामा माओवादी केन्द्रकी नेतृ पार्वती थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् । टिकट नपाएको भन्दै नेतृ थापाले स्वतन्त्र उम्मेदारी दिएकी हुन् ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रिय सचिव थापाले गाँउपालिका प्रमुखमा पार्टीले आफूलाई टिकट नदिएर अन्याय गरेको भन्दै बागी उम्मेदवारी दर्ता गराएको बताईन । 

महिला भएकै कारण पार्टीले टिकट नदिएको भन्दै उनले आफूले जितेर देखाईदिने दावी गरेकी छन । माओवादी केन्द्रले जनकराज गौतमलाई टिकट दिएपछि थापा रुष्ट भएकी हुन ।

,

प्रतिकृया दिनुहोस्

Loading...