Breaking : दोलखामा दोहोरो झडप, प्रहरीको गोलीलागि १ जनाको मृत्यु

- दोलखा ।
दोलखामा एमाले र काँग्रेस कार्यकर्ताबिच झडप भएको छ । मतदान सुरु भएदेखि नै विहानैदेखि तनावग्रस्त रहेको दोलखाको झडपमा परी १ जानको मृत्यु भएको छ ।
मेलुङ गाउँपालिका अन्तर्गत पवटी मतदान केन्द्रमा कांग्रेस र एमालेबीचको झडप रोक्न प्रहरी गोली चलाउदा १ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टले घटनाको पुष्टि गरेका छन् ।
‘मेलु १ छटेश्वर मावी मतदान केन्द्रमा एक जनाको मृत्यु भएको भन्ने खबर आएको छ ।’- उनले भने ।
अधिकारी भट्टका अनुसार झडपका क्रममा सुरक्षाकर्मीले चलाएर एकको मृत्यु भएको हो । उनको सनाखत हुन सकेको छैन ।मतपेटिका लुट्न आएको समूहलाई रोक्ने क्रममा प्रहरीले गोली चलाउनु परेको स्थानीय प्रशासनले जनाएको छ ।
चुनावअघि भएको झडपमा माओवादी कार्यकर्ताको आक्रमणमा परी एमाले कार्यकर्ताको मृत्यु भएपछि दोलखा तनावग्रस्त भएको थियो ।
फाइल तस्वीर : गुगलबाट
२०७४ बैशाख ३१ गते प्रकाशित
प्रतिकृया दिनुहोस्
Loading...