Breaking : कालिकोटमा दोहोरो भिडन्त, प्रहरी हतियार छोडेर भाग्यो, सेना जनताको पक्षमा !


  • कालिकोट ।
स्थानीय तह निर्वाचनको मतदान भइरहेको बेला कालिकोटको माल्कोटमा दोहोरो भिडन्त भएको खबर छ । नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले माल्कोट बुथ कब्जा गर्न खोज्दा भिडन्त भएको हो ।

कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नरेन्द्र बिकले घटनास्थलबाट दिएको जानकारी अनुसार प्रहरीले हतियार छोडेर भागेको छ भने नेपाली सेना तठस्थ बसेर जनतालाई साथ दिएको छ ।

दोहोरो भिडन्तमा परी ८ जना घाइते भएको बिकले बताए। भिडन्तपछि माल्कोट बुथको सम्पूर्ण मतपत्र र मतपेटिकाहरु कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले जलाईदिएका छन् ।

यता कालीकोट सदरमुकाममा रहेका इमान्दार मिडिया सहकर्मी प्रताप शर्माले जिल्ला प्रहरी कार्यालयमा जानकारी लिँदा प्रहरीले घटनास्थलमा फोन सम्पर्क हुन नसकेको जानकारी नभएको बताएको छ ।

घटनाबारे थप थप जानकारी आएको छैन ।

२०७४ बैशाख ३१ गते प्रकाशित

यो पनि पढ्नुहोस्

, ,

प्रतिकृया दिनुहोस्

Loading...