मतगणना सुरु : काठमाडौँ र ललितपुरमा कांग्रेस अगाडी, माओवादी 'पत्तासाफ' हुने संकेत ! -

  • काठमाडौँ ।

स्थानीय तहको निर्वाचन अन्तर्गत बैसाख ३१ गते मतदान प्रक्रिया सुरु भएपछि तीनवटा महानगरपालिकाहरु काठमाडौं, पोखरा र भरतपुरको मतगणता सोमबार बिहानदेखि सुरु भएको छ । यद्यपी ललितपुर महानगरपालिकाको मतगणना भने आइतबार रातिदेखि नै सुरु भइसकेको छ ।

पछिल्लो जानकारी अनुसार ललितपुरमा कांग्रेसले २१८ मत ल्याएको छ भने नेकपा एमालेले १८४ मत ल्याएको छ। यस्तै माओवादी केन्द्रले ८४ मत ल्याएको छ ।

यता काठमाडौंको कीर्तिपुर, चन्द्रगिरी, शंखरापुर, दक्षिणकाली लगायतका नगरपालिकामा पनि आइतबार रातिदेखि नै मतगणना सुरु भएको छ । चन्द्रागिरी र काठमाडौँमा समेत कांग्रेसको अग्रता छ । मनाङ, रुकुम, जुम्ला, नवलपरासी आदि जिल्लामा केही स्थानीय तहमा पनि राति देखि नै मतगणना सुरु भएको छ ।

२०७४ जेठ १ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...