मनाङको चामे गाउँपालिकामा एमालेको जित



मनाङ। 

हिमालपारीको जिल्ला मनाङको सदरमुकाम चामे गाउँपालिकाबाट एमालेले बिजयी शुरुवात गरेको छ । 

चामे गाउँपालिकाको प्रमुखमा एमालेका लोकेन्द्रवहादुर घले २१४ मत प्राप्त गरी बिजयी भएका छन् । 
निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । उपप्रमुखमा भने कांग्रेसका मुनिन्द्रजंग गुरुङ बिजयी भएका छन् । 

उनले १६९ मत प्राप्त गरेर बिजयी हुँदा एमालेकी टिकनदेवी गुरुङ ९ मतले पछि परिन् । मनाङमा एमालेले चुनाव जितेको इतिहासमै यो पहिलो पटक भएको जिल्ला अध्यक्ष त्रिपल पी गुरुङले बताए ।

२०७४ जेठ १ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...