काँग्रेसले चुनाव प्रचारमा प्रयोग गरेका दुई गाडीमाथि आगजनी

  • धादिङ, २४ वैशाख । 

नेपाली काँग्रेसले चुनाव प्रचारका लागि प्रयोग गरेका दुईवटा गाडी गएराति अज्ञात समूहले जलाइदिएका छन् । 

धुनीबेँसी नगरपालिका–५ मा रोकेर राखेको अवस्थामा ती गाडी जलाइएको हो । 

बा१२च १२७६ नंको बोलेरो जिप र बा३च १७०३ नं को जिप्सी गाडी अज्ञात समूहले जलाइदिएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । 

जलाउनेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...