भक्तपुरको कौशलटारमा दाजुभाइबीच खुकुरी हानाहान, एकको मृत्यु

  • भक्तपुर ।

भक्तपुरको कौसलटार दाजुभाइबीच नै खुकुरी हानाहान भएको छ ।

आफ्नै फुपुको छोराले खुकुरी प्रहार गर्दा कौशलटार बस्ने सौरभ सुवेदीको मृत्यु भएको छ ।

आईतबार विहान पोखरा स्थायी घर भएका फुपुको छोरा पारस कोईरालाले सौरभलाई खुकुरी प्रहार गरेको महानगरीय प्रहरी वृत ठीमीका डिएसपी श्यामवावु ओलियाले जानकारी दिए ।

झापा स्थायी घर भएका ३२ बर्षिय सुवेदी कौशलटार बस्दै आएका थिए । पारसको खुकुरी प्रहार पछि गम्भिर घाईते भएका सुवेदीलाई ग्वार्को स्थित वि एण्ड वि अस्पताल लैजने क्रममा मृत्यु भएको बताइएको छ ।

मामाको छोरालाई खुकुरी प्रहार गरेर फरार भएका पारसको खोजी भइरहेको डिएसपी ओलियाले जानकारी दिए ।
२४ बैशाख २०७४ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...