मध्यरात पाएको टिकट खोसिएपछि पर्वत कांग्रेसमा खैलाबैला, फेसबुकमा देखिए यस्ता स्टाटस

  • पर्वत, १९ बैसाख ।

आज स्थानिय निकायको निर्वाचनमा उमेद्वारी दर्ता गर्ने दिन तर अनौठो त यो भयोकि हिजो पाएको चुनाव लड्ने पार्टीको टिकट बिहान उज्यालो नहुदै अर्कैलै लग्यो ।

यस्तै भएको छ पर्वतमा नेपाली कांग्रेस पर्वतले हिजो बेलुका मात्रै पर्वतका नगर र गाउँपालिकाका उमेद्बारहहहरुलाई टिकट दियो । लामो रस्साकस्सी र विवादका बिच बाडिएको टिकटमा पार्टी भित्रका गुटहरु र आफ्ना नजिककाहरुलाई कसरी मिलाउन सकिन्छ भनेर लामो कसरत भयो । लामो कसरत पछि टिकट पाएका कांग्रेसीहरु कायैकर्तामा खुसीयाली साटासाट गर्दैथिए ।

यस्तैमा एउटा खबर आयो जलजला गाउँपालिकामा नेपाली कांग्रेस टिकट दिएका राजु आचार्यको टिकट खोसियो र त्यो टिकट पार्टीका कोषाध्यक्ष तथा क्रसर ब्यावसायी रामकृष्ण मल्ललाई दिइयो । यहि बिषयले अहिले पर्वत कांग्रेसमा खैलाबैला नै भएको छ ।

स्थानिय निकायको केन्द बिवाद भएको जलजलामा माओवादी र एमालेले माझफाँटका उमेद्बारहरुलाई टिकट दिइसकेपछि कांग्रेसले पनि अन्तिम अबस्थामा आएर माझफाँटको उमेद्बारलाई नै टिकट दिँदा जलजला कांग्रेसमा भने चर्को बिवाद देखिएको छ । यस्तो अबस्थामा जलजला गाउँपालिकामा कसले चुनाव जित्छ यसै भन्न सकिने अबस्था अझै पनि छैन ।

सामाजीक संञ्जालमा टिकट पाएर बधाई समेत पाएका राजु आचार्यको टिकट खोसिएपछि जलजलामा समेत कांग्रेस भित्र चर्को बिावाद शुरु भएको छ । राजु आचार्यले इमान्दार मिडियासँग भने पहिला मलाई टिकट दिएको हो अहिले खोसिएको भन्नी कुरा आएको छ भने । यता पार्टी सभापती सिखम प्रसाद भुषाले भने पटक पटक फोन सम्पर्क गर्दा पनि फोन उठाएनन् ।


,

प्रतिकृया दिनुहोस्

Loading...