निर्वाचन अधिकृतद्वारा झुण्डिएर आत्महत्याको प्रयास, उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइयो,अबस्था गम्भीर

  • रसुवा, १९ वैशाख ।

रसुवाको कालिका गाउँपालिका–२ मा स्थानिय निर्वाचन गराउन खटिएका अधिकृत सन्तोष गिरीले आत्महत्याको प्रयास गरेका छन् । आफु बसेको सरकारी गेष्ट हाउसमा उनले खादामा झुण्डिएर आत्महत्या प्रयास गरेपछि खादा काटेर उनलाई अस्पताल लगिएको थियो । गिरीलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ ।

प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार कालिका गाउँपालिकाको स्थानीय तह निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृत गिरी कालिका गेस्ट हाउसमा झुन्डिएको अवस्थामा फेला परेपछि उपचारार्थ काठमाडौँ पठाइएको हो ।

उनका अनुसार नाडीको चाप चलेपनि होस भने खुलेको छैन । आज बिहान ४ः१५ बजे जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको कालिका गेस्ट हाउसको रेलिङबारमा घत्र्याक्घुत्रुक् आवाज आएपछि उनीसँग भित्र कोठामा बस्ने साथीले थाहा पाई स्थानीयवासीको सहयोगमा पासो फुकाली तत्काल नुवाकोटको अस्पतालमा उपचारार्थ पठाइए पनि होस नखुलेका कारण थप उपचारका लागि काठमाडौँ पठाइएको प्रसाईंले बताए ।

आज हुने स्थानीय तह निर्वाचनको उम्मेदवार दर्ताका लागि कालिका गाउँपालिकामा अर्को निर्वाचन अधिकृतको व्यवस्था भइसकेकाले मनोनयन दर्तामा कुनै असर नपर्ने मुख्य निर्वाचन अधिकृत कार्यालय रसुवाले जनाएको छ ।

यता विदुरबाट प्राप्त समाचार अनुसार उनको स्वासप्रश्वास सञ्चालनमा कठिनाई भएकाले अबस्था गम्भीर रहेको उपचारमा संलग्न सिटी अस्पताल विदुरका डा. मनोज रिमालले जानकारी दिए ।


, ,

प्रतिकृया दिनुहोस्

Loading...