आइपिएल क्रिकेट : पूणे चौथो स्थानमा, स्टोक्सद्वारा७ चौका र ६ छक्का प्रहार

  • काठमाडौं, १९ बैसाख ।

स्टोक्सको शतकीय इनिङका कारण गुजरात लायन्सलाई ५ विकेटले पराजित गर्दै राइजिङ पूणे सुपरजायन्ट्स इण्डियन प्रिमियर लिगको चौथो स्थानमा छ। 

सुरुमा १० रनको स्थितिमा आफ्नो महत्वपूर्ण ३ विकेट गुमाइसकेको पूणे क्रिजमा प्रवेश गरेका स्टोक्सले ६३ बलमा ७ चौका र ६ छक्काको सहयोगले १ सय ३ रनको उत्कृष्ट ब्याटिङ खेलेपछि गुड पोजिसनमा फर्कियो । 

स्टोक्सले महेन्द्रसिंह धोनी सँग मिलेर पाँचौं विकेटका लागि ७६ र डेनियल क्रिस्टियन सँग मिलेर छैटौं विकेटका लागि अविजित ४९ रनको साझेदारी गरेपछि पूणे १९ दशमलव ५ ओभरमा १ सय ६७ रनको लक्ष्यसम्म पुगेको थियो। 

गुजरातका लागि वासिल थम्पीले ३५ र प्रदीप साङ्वानले ३८ रन खर्चेर २–२ विकेट लिए पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन्। 

यसअघि इमरान ताहिरले २७ रन खर्चेर ३ तथा जयदेव उनादकटले २९ रन खर्चेर ३ विकेट लिएपछि पूणेले गुजरातलाई १९ दशमलव ५ ओभरमा १ सय ६१ रनमा खुम्च्याएको थियो।

गुजरातका लागि ब्रेन्डन म्याकुलम र इशान किशन ले उत्कृष्ट सुरुवात दिलाएका थिए। तर, त्यो लामो समय टिकेन्। 

गुजरातको अन्तिम ८ विकेट ६७ रन जोड्ने क्रममा गुमेको थियो। गुजरातले अन्तिम ७ ओभरमा ४० रन मात्र जोड्न सफल भयो। म्याकुलम र किशनबाहेक दीनेश कार्तिकले २९ रन बनाए। जितसँगै पूणेको १० खेलबाट १२ अंक भएको छ। गुजरातको भने १० खेलबाट ६ अंक मात्र छ र ऊ लगभग प्लेअफबाट बाहिर भइसकेको छ।

,

प्रतिकृया दिनुहोस्

Loading...