काठमाडौं महानगर : कांग्रेस र एमाले बराबरीमा, रञ्जु दर्शना पछिपछि...

  • काठमाडौं ।

काठमाडौं महानगरपालिकाको प्रारम्भिक मतपरिणामा विवेशशील पार्टीबाट मेयरमा उमेदवारी दिएकी रञ्जु दर्शनाले सुखद् सुरुआत गरेकी छन् ।

नेपाली कांग्रेस र एमालेले समान १४र१४ मत प्राप्त गर्दा रञ्जुको पक्षमा १० भोट खसेको छ । यता साझा पार्टीका तर्फबाट मेयरमा उमेदवार पूर्व सचिव किशोर थापाले भने १ भोट प्राप्त गरेका छन् ।

काठमाडौं महानगरमा मेयरका लागि एमालेबाट विद्यासुन्दर शाक्य, कांग्रेसबाट राजुराज जोशी, विवेकशीलबाट रञ्जु दर्शना र साझा पार्टीले किशोर थापालाई उठाएको छ ।

शाक्य र जोशी बीच नै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

मतगणना स्थल राष्ट्रिय सभागृह परिषरमा यतिबेला राजनीतिक दलका कार्यकर्ता, सुवेच्छुक र पत्रकारको ठूलो संख्यामा उपस्थिति छ ।

२०७४ जेठ १ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...