कांग्रेस कार्यकर्ताले खुकुरी, रड, र तरबारसहित झडपमा उत्रिदा एमालेका तीन कार्यकर्ता गम्भीर घाइते !

  • काठमाडौँ ।

धादिङमा कांग्रेस र एमालेबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ मा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको एमाले कार्यकर्ता भिमबहादुर थापाले इमान्दार मिडियालाई जानकारी गराएका छन् । 

प्राप्त जानकारी अनुसार कांग्रेसको वडा अध्यक्षको उम्मेदवार हस्तबहादुर थापा मगरको नेतृत्वको टोलीले गरेको आक्रमणमा परि एमाले कार्यकर्ताहरु ललित थापा मगर, गणेश थापा मगर र राजेन्द्र थापा मगरलाई गम्भीर घाइते भएका छन् । 

प्राप्त जानकारी अनुसार झडपका क्रममा कांग्रेस कार्यकर्ता मिलन भन्ने धनबहादुर मगर पनि घाइते छन् । कांग्रेस कार्यकर्ताले खुकुरी, रड, तरबार जस्ता घरेलु हतियार प्रयोग गरी आक्रमण गरेको पीडितले बताएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...