कम्युनिष्ट पार्टीका पाका नेता मकर गुरुङ पुतलीसडकबाट गिरफ्तार


इमान्दार मिडिया संवाददाता,काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पाका नेता मकर गुरुङ पुतलीसडकबाट गिरफ्तार परेका छन् । 

राजधानीको कमलादी स्थित प्रज्ञा भवनमा कम्युनिष्ट पार्टीले आयोजन गरेको एक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा नेता गुरुङलाई हिडीरहेको अवस्थामा आइतबार अपरान्ह पुतलीसडबाट प्रहरीले गिरफ्तार गरेको हो । 

यसअघि आइतबार नै कम्युनिष्ट पार्टीका अर्का केन्द्रीय सदस्य सन्देश पौडेललाई महोत्तरीबाट गिरफ्तार गरेको छ ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले संकटकालको झल्को आउने गरि आफ्ना नेता कार्यकर्ता गिरफ्तार नगर्न प्रचण्ड सरकारलाई चेतावनी दिएका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले देशैभरबाट पक्राउ गरिएका सबै नेता कार्यकर्ताको रिहाइको माग गरेका छन् ।

महासचिव विप्लवले सरकारले जारी राखेको गिरफ्तारी र धरपकडविरुद्ध उत्रन कार्यकर्ता र जनतालाई अपील समेत गरेका छन् ।

पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर ब्यूरो इन्चार्ज सन्देश पौडेल र वैकल्पिक केन्द्रीय सदस्य नारायण महर्जनसहित बर्दिय, रुकुम, काभ्रे, चितवन, सिन्धुली, दैलेख, ललितपुर, कास्की, नवलपरासी, काठमाडौँ, दोलखा, सल्यान, धादिङ पर्वतलगायत जिल्लाबाट १५० जनाभन्दा बढी नेता–कार्यकर्ताहरुलाई गिरफ्तार गरेको विज्ञप्तिमा भनिएको छ ।

चुनावको मिति नजिकिँदै जाँदा सरकारले कम्युनिष्ट पार्टीमाथि व्यापक धरपकड बढाएको छ । परम्परागत संसदीय चुनावले देशमा आम परिवर्तन हुन नसक्ने भन्दै बैज्ञानिक समाजवाद स्थापनाका लागि यो चुनाव खारेजी अभियानमा कम्युनिष्ट पार्टी जुटेको छ ।

यो पनि पढ्नुहोस्

आफ्ना केन्द्रीय नेता गिरफ्तार परेपछि विप्लवले निकाले यस्तो कडा विज्ञप्ति (हेर्नुहोस् विज्ञप्तिसहित)

, ,

प्रतिकृया दिनुहोस्

Loading...