मिडिया र पत्रकारमाथि भइरहेको हस्तक्षेपप्रति महासंघको गम्भिर आपत्ति (विज्ञप्तिसहित)

  • दिया चन्द, काठमाडौं ।
निर्वाचन नजिकिदै गर्दा पछिल्लो समय देशका बिभिन्न ठाउँमा पत्रकार र मिडियामाथि भइरहेको हस्तक्षेपप्रति नेपाल पत्रकार महासंघले गम्भिर आपत्ति जनाएको छ । 

महसंघका केन्द्रीय सचिव प्रभात चलाउनेले एक विज्ञप्ति जारी गर्दै महसंघले संचारमाध्यम तथा पत्रकारमाथि हुने हस्तक्षेप र प्रेस स्वतन्त्रता हननका घटनालाई सूक्ष्मरुपमा अनुगमन गरिरहेको बताएका छन् । 

सचिव चलाउनेले रोल्पाका पत्रकार एवं महासंघका प्रदेश पार्सद पुष्टमान घर्तीमगर र महासंघ पर्वतका पुर्व उपाध्यक्ष गोपाल जिसीलाई गिरफ्तार गरिएकोप्रति गम्भीर आपत्ति जनाएका हुन् । 

'निर्वाचनको संवेदनशील घडीमा पत्रकारले निर्वाचन आचारसंहिताको पालना र पत्रकारिताको मर्यादाअनुरुप व्यवसायिक अभ्यास गर्न पत्रकार तथा संचारमाध्यमलाई एवं उनीहरुको व्यावसायिक दायित्व निर्वाहमा कुनै अवरोध नगर्न सम्वद्ध पक्षलाई महासंघ गम्भिर ध्यानाकर्षण गराउदछ ।' - सचिव चलाउनेद्वारा हस्ताक्षेरित विज्ञप्ति भनिएको छ । 

यस्तै फोटो पत्रकार अजय देसारमाथि बैसाख ११ मा अज्ञात समूहले ललितपुरको नखिपोटमा भएको आक्रमणका दोषीमाथि अनुसन्धान तथा कारवाही नभएको भन्दै त्यसतर्फ समेत ध्यानाकर्षण भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

सचिव चलाउनेले पत्रकारविरुद्ध हुने कुनैपनि घटनालाई गम्भीरतापूर्वक लिई तत्काल उचित कानुनी कारवाही गर्न र पत्रकारलाई अनाहकमा दुख नदिन सम्वद्ध सबैलाई आग्रह समेत गरेका छन् । 

घर्तीमगरलाई प्रहरीले फेसबुकमा समाचार लिंक सेयर गरेको तथा स्टाटस लेखेको भन्दै सोमबार लिवाङबाट पक्राउ गरेको छ भने समाचार लेखेको भन्दै पत्रकार गोपाल जिसीलाई गत २२ गते पर्वतबाट गिरफ्तार गरेको छ ।


२०७४ बैसाख २७ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...