नेता–कार्यकर्ता अविलम्ब रिहाइको माग गर्दै कम्युनिस्ट पार्टीले दियो यस्तो चेतावनी

  • काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारले अनाहकमा आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ गरी चरम यातना र झुठा मुद्दा लगाउने हर्कत गरेको भन्दै गिरफ्तार सबैलाई अविलम्ब रिहा गर्न माग गरेको छ ।

नेकपा गण्डक ब्यूरो इन्चार्ज सावित्रा दूराले एक प्रेस विज्ञप्ति जारी गर्दै हप्ता दिनयता कास्कीलगायत विभन्न जिल्लाबाट गिरफ्तार १५ जनालाई तत्काल रिहा गर्न माग गरेकी छन् । कास्की पोखराबाट दिब्या गुरुङ, रामजी बराल र राजकुमार सुनारलाई गत आइतबार प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको जनाएको छ ।

त्यस्तै युवराज बास्तोला, तेजबहादुर केसी र मनबहादुर तामाङ, खुशीमान परियार, धनबहादुर तामाङ र चित्रबहादुर गुरुङलगायतलाई प्रहरीले बिनाकारण पक्राउ गरी झुठा मुद्दमा फसाउने कोशिस गरिरहेको जनाइएको छ ।

मंगलबार साँझ गण्डक ब्यूरो सदस्य एवं कास्की जिल्ला सेक्रेटरी नन्दलाल तिवारीलाई प्रहरीले गिरफ्तार गरेको भन्दै आपत्ति जनाएकी छन् । तिवारी लगायत गिरफ्तार सबैलाई सरकारले झुठा मुद्दामा फसाउने कोशिस गरिरहेको उल्लेख गर्दै त्यसविरुद्ध आवाज उठाउन जनसमुदायमा अपिल समेत गरेकी छन् ।

साथै, सरकारले फासिवादी शैली देखाएको भन्दै जनसमुदायसँग निर्वाचन खारेजी अभियानमा आर्थिक, भौतिक, नैतिक सहयोग, समर्थन र ऐक्यवद्धता व्यक्त गरिदिनुहुनका निम्ति अनुरोध गरेकी छन् ।

तत्काल रिहाई नगरे कडा संघर्ष घोषणा गर्न बाध्य हुने चेतावनी इन्चार्ज दूराले दिएकी छन् ।

२०७४ बैसाख २७ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...