बम राखेका कारण पृथ्वीराजमार्ग अबरुद्ध, भोट हाल्न गएका मतदाता अलपत्र


  • धादिङ । 
अज्ञात समुहले राखेको बमका कारण पृथ्वीराजमार्ग अबरुद्ध भएको छ । शुक्रबार साझबाट अज्ञात समुहले राखेको बमका कारण राजमार्ग अबरुद्ध भएको हो ।

धादिङको गजुरी ५ घाटबेशीमा अज्ञात समुहले राखेको बमका कारण बिहानैदेखि राजमार्ग अबरुद्ध हुँदा काठमाडौँबाट भोट हाल्न आ-आफ्नो गाउँ फर्किएका मतदाता अलपत्र परेका छन् ।

बिहानैदेखि बन्द भएको बाटो खुलाउन र बम डिस्पोजल गर्ने प्रयास भइरहेको छ । नेपाली सेनाको गजुरी ब्यारेकबाट गएको टोलीले बम डिस्पोजल गर्ने तयारी गरिरहेको त्यहाबाट हाम्रा संवाददाताले जानकारी दिएका छन् ।

२०७४ बैशाख ३० गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...