स्थानीय निर्वाचन : ६२ सञ्चारमाध्यमका ११५ वटा सामग्रीमा आचारसंहिता उल्लङ्घन

  • काठमाडौं ।

स्थानीय तह निर्वाचन, २०७४ को निर्वाचनको मौनअबधिसम्ममा ६२ सञ्चारमाध्यमका ११५ सामग्रीमा पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाईएको छ । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएका १० दशवटा उल्लङ्घन गर्नेहरुमा परेका छन् । 

२०७४ बैशाख १५ देखि २०७४ बैशाख २८ गतेसम्मको अबधिमा छापातर्फ ३४ माध्यममा ६६ सामग्री, बिद्युतीयतर्फ १८ अनलाइनका प्रकाशित / प्रसारित २५ सामग्री, ५ वटा टेलिभिजनका १२ सामग्री र ५ वटा रेडियोका १२ सामग्रीले आचारसंहिता उल्लङ्घन गरेको पाईएको प्रेस कान्सिलले जनाएको छ । 

काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले भने – “पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिताको उल्लघंन गर्ने छापा ३, रेडियो ५, टेलिभिजन ५ वटाको तुरुन्तै एलर्ट गरिएको छ । ”

आचारसंहिता आकर्षित भएका विषयवस्तुमा एकपक्षीय तथा सत्य, तथ्य र निष्पक्ष नभएको, निर्वाचन आचारसंहिताले तोकेको समयसीमा अनुरुप विज्ञापन प्रकाशन÷प्रसारण नभएको, निर्वाचनसंगसम्वन्धि सभा, सम्मेलनको प्रत्यक्ष प्रसारण गरेर उल्लङ्घन गरेको पाईएको छ ।

निर्वाचन आचारसंहिता अनुगमनको जिम्मेवारी पाएको प्रेस काउन्सिल नेपालले गुणात्मक अनुगमन प्रणालीको दैनिकरुपमा र संख्यात्मक अनुगमनको साप्ताहिकरुपमा निर्वाचन आयोगलाई रिपोर्टिङ् गर्दै आएको छ ।

रिपोर्ट : महेन्द्रराज सिंह, २०७४ बैशाख ३०  गते प्रकाशित  ।

,

प्रतिकृया दिनुहोस्

Loading...