नागार्जुन नगरपालिकाका उम्मेद्वार काठमाडौँबाटै अपहरण


  • काठमाडौं २० बैशाख। 
नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट नागार्जुन नगरपालिका वडा नं. ७ का वडाध्यक्षका उम्मेद्वार मदन गिरीलाई आज साँझ अज्ञात समूहले अपहरण गरेको छ । आज साँझ ७ः१२ बजे उनलाई काठमाडौंको नयाँबजारबाट ४ जनाको समूहले अपहरण गरेको हो ।

नयाँ शक्ति पार्टीले जित्ने सम्भावना बढी भएको ठाउँ भएकोले पहिलेदेखि नै नयाँ शक्तिका उम्मेद्वारहरुलाई डर, धम्की दिने गरिएको बताइएको छ ।

नयाँ शक्ति पार्टी, नेपालले जित्ने पक्का भएकोले विपक्षीहरुले उम्मेद्वार अपहरण गरेको नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यकारी सदस्य हिसिला यमीले बताइन् । 

उनले वडाध्यक्षका उम्मेद्वार गिरीको खोजी कार्य भइरहेको र प्रहरीलाई खबर गरिएको बताइन्।

, ,

प्रतिकृया दिनुहोस्

Loading...