उम्मेदवारविरुद्ध उजुरी दिने म्याद आज (यस्तो छ तालिका)

  • काठमाडौ ।

बैशाख ३१ मा हुने ३४ जिल्लाका स्थानीय निकायको निर्वाचन अन्र्तगत आज उम्मेदवारको विरोधमा उजुरी हाल्ने र मनोनयनपत्र जाँचको कार्यतालिका छ ।

आयोगले जारी गरेको कार्यसुचि अनुसार बुधबार बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय छुट्याइएको छ । यो समयावधिमा कुनैपनि उम्मेदवारका विरुद्ध उजुरी हाल्न सकिने छ ।

उजुरी लिने व्यवसथा मुख्य निर्वाचन अधिकृतको कार्यलय, गाउपालिका केन्द्र र नगरपालिका केन्दमा मिलाएको आयोगले जनाएको छ । त्यस्तै आयोगले दिउँसो १ बजेपछि बैशाख २१ गते सम्म मनोनयनपत्र जाँच गर्ने कार्यतालिका छुट्याएको छ ।

आयोगले मनोनयन जाँचपछि मनोनयन भएका उम्मेदवारको नामावली भोलि अर्थात बैशाख २१ गते प्रकासन गर्नेछ । नामावली प्रकाशनपछि २१ गते नै कुनैपनि उम्मेदवारले नाम फिर्ता लिन चाहे लिन पाउनेछन् ।

२०७४ बैसाख २० मा प्रकाशित 

, ,

प्रतिकृया दिनुहोस्

Loading...