जेठ ४ गतेभित्र प्रधानमन्त्रीले राजीनामा दिने काँग्रेस - माओवादी केन्द्रबीच सहमति

  • काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ४ गतेभित्र राजीनामा दिने भएकाे छ । पहिलो चरणको चुनाव लगत्तै राजीनामा गरेर काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि बाटो खोलिदिने विषयमा काँग्रेस र माओवादीका शीर्ष नेताबीच सहमति बनेको छ ।

‘जेठ ४ गतेभित्र प्रधानमन्त्रीले शेरबहादुर देउवाका लागि बाटो खुला गरिदिने समझदारी बनेको छ ।’ प्रधानमन्त्रीको स्वकीय सचिवालय स्रोतले भन्यो, ‘त्यसपछि आबशयक प्रक्रिया पुर्राएर बजेट अगाडि नै नयाँ सरकार बन्छ ।’ स्रोतका अनुसार जेठ ४ गते संसद वैठकलाई सम्बोधन गरेर प्रधानमन्त्रीले राजीनामाको घोषणा गर्ने सम्भावना छ । महाअभियोग प्रकरणपछि संसद वैठक जेठ ४ गतेसम्मका लागि स्थगित भएको छ ।

यहीँ बैशाख ३१ गते पहिलो चरणमा प्रदेश नम्वर ३,४ र ६ मा स्थानीय तहको चुनाव हुँदैछ । गत साउन १९ मा काँग्रेस माओवादी गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री भएका हुन ।

त्यसबेला गठबन्धनमा सहभागी दलबीच चैत्रसम्म स्थानीय तहको चुनाव गरेर काँग्रेसलाई सत्ता हस्तान्तरण गर्ने भद्र सहमति भएको थियो ।

२०७४ बैसाख २६ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...