प्रधानन्यायाधीश कार्कीपछि राष्ट्रपति भण्डारीविरुद्ध महाअभियोग ल्याउने माकेको तयारी ! प्रमाणसहित

  • काठमाडौं। 

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रकरण सेलाउन नपाउँदै सत्तारुढ नेकपा माओवादी केन्द्रभित्र राष्ट्रपतिलाई महाअभियोग लगाउनेबारे माओवादी भित्र खुल्ला रुपमा आवाज उठेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको माओवादी केन्द्रका प्रभावशाली नेता गोपाल किराँतीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै राष्ट्रपति बिद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउनुपर्ने प्रस्ताव अघि सारेका हुन् ।

‘ज्ञानेन्द्र शाहसँग अनुचित साँठगाँठ गरेर राजतन्त्र फर्काउने षडयन्त्रमा लागिरहेको बिरुद्ध राष्ट्रपति बिद्यादेवी भण्डारीलाई महाअभियोग लगाउनै पर्ने भयो । होइन भने एमालेले के गर्न खोजेको ?’ राष्ट्रपतिमाथि गम्भीर आरोप लगाउँदै किराँतीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

२०७४ बैसाख २६ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...