पोखरा महानगरमा एमाले १२ हजारले अगाडि



काठमाडौं ।

पोखरा महानगरपालिकामा एमालेले अग्रता एकोहोरो बढाएको छ। 

सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेद्वारले कांग्रेसका उम्मेद्वारभन्दा करिब १२ हजारको अग्रता लिएका छन्। मेयरतर्फ एमालेका मानबहादुर जिसीले ५१ हजार २ सय १७ मत पाउँदा नेपाली कांग्रेसका रामजी कुबँरले ३९ हजार ३ सय ९५ मत पाए। 

यस्तै उपमेयरमा एमालेकी मन्जु गुरुङले ४८ हजार २ सय ८८ मत ल्याउँदा नेपाली कांग्रेसकी सरस्वती गुरूङले ३७ हजार ३ सय ३१ मत ल्याएकी छन्। यस्तै पोखराको वडा नम्बर २७ मा नेपाली कांग्रेसका पूर्णकुमार गुरूङसहितको प्यानल विजयी भएको छ। 

,

प्रतिकृया दिनुहोस्

Loading...