राजपाको सिंगो जिल्ला कमिटि नै माओवादी केन्द्रमा प्रवेश

  • कास्की ।

कास्कीमा पहिलेको सद्भावना र हालको राष्ट्रिय जनता पार्टीको कास्की जिल्ला समिति नै माओवादी केन्द्रमा प्रवेश गरेको छ । 

मंगलवार राजपाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष फजुलदिन मियाँको नेतृत्वमा २३ सदस्यीय जिल्ला समिति मंगलबार माओवादीमा प्रवेश गरेको हो । उनीहरुलाई माओवादी नेता देव गुरुङले पार्टी प्रवेश गराएका छन् ।

राजपाका जिल्ला उपाध्यक्ष वामदेव वाग्ले, सचिव तीर्थराज देवकोटा, कोषाध्यक्ष इर्साद मियाँ, सदस्यहरु गमालदिन मियाँ, गम्भीर थापा मगर, जीतबहादुर गुरुङ, केशरनेपाली, लक्ष्मण ढुंगाना, जानुका चर्मकार, गिरीधारी ढुंगाना, लक्ष्मी नेपाली लगायत प्रवेश गरेका हुन् ।

राजपा जिल्ला अध्यक्ष फजुलदिन मियाँले माओवादीकै एजेन्डामा मुलुक हिँडेकोले अन्य पार्टीमा बस्नुको अर्थ नरहेको बताए । १० बर्षे युद्धपछि शान्तिप्रक्रियामा आएको माओवादी कै एजेण्डाअनुसार ०६२ सालदेखि देश चलेको बताए ।

२०७४ बैसाख २७ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...