सिमरामा बस दुर्घटना, २ को मृत्यु २७ घाइते

  • कलैया ।
जितपुर–सिमरा उपमहानगरपालिका–१ मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी २७ यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय सिमराका अनुसार काठमाडौँबाट जनकपुरतर्फ गईरहेको ना ७ ख १६१४ नं को रात्रिबस अनियन्त्रित भई सडकमा पल्टिएको थियो । 

दुर्घटनामा परी महोत्तरी रौतली–६ का ४५ वर्षीय बल्ला यादव र धनुषा तारयती सीसीवाका ३२ वर्षीया किरणदेवी साह रहेको प्रहरीेले जनाएको छ ।

२०७४ जेठ ६ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...