भूकम्प प्रभावितको पीडा, ट्याक्सीको नम्बर प्लेट दिने मिति फेरि सर्यो

  • काठमाडौं ।
भूकम्प प्रभावितलाई ट्याक्सीको नम्बर प्लेट दिने मिति फेरि सरेको छ । आगामी असार ७, ८ र ९ गते भूकम्पप्रभावितलाई ट्याक्सी वितरण गर्ने नयाँ मिति तय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । 

जेठ ३१ गते हुने दोस्रो चरणको चुनावका लागि विभागका कर्मचारी खटिएकाले ट्याक्सी वितरणको मिति सरेको विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए । यसअघि जेठ १३, १४ र १५ गते ट्याक्सीको नम्बर वितरण गर्ने मिति तय गरिएको थियो । 

सरकारले गएको वर्ष साउनमा भूकम्पमा प्रभावितबाट नयाँ ट्याक्सी दर्ताका लागि आवेदन मागेको थियो । झण्डै डेढ लाख जनाले आवेदन दिएका छन् । सरकारले चिठ्ठा प्रणालीबाट ट्याक्सीको नम्बर दिने जनाएको छ ।

२०७४ जेठ १३ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...