अाज इच्छक स्मृति दिवस, काठमाडौँमा प्रभातफेरीको आयोजना, दिउसो विभिन्न कार्यक्रम हुँदै

  • काठडमाडौं ।
अाज क्रान्तिकारी पत्रकारका अगुवा कृष्ण सेन इच्छुकको १५ स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

काठमाडौं र देशका विभिन्न जिल्लाहरुमा इच्छुकको सम्झनामा विभिन्न कार्यक्रमको अायोजना गरिएका छन् ।

यसैबीच अहिले विहान ६ः३० बाट काठमाडौंको वानेश्वरबाट प्रेस सेन्टर, क्रान्तिकारी पत्रकार संगठन नेपाल, क्रान्तिकारी पत्रकार महासंघ र प्रेस सोसाइटीले संयुक्त रुपमा प्रभातफेरीको अायोजना गरेका छन् ।

प्रभातफेरी माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत हुने उक्त कार्यक्रममा नेपाल पत्रकारका महासंघका अध्यक्ष र विभिन्न पत्रकार संगठनका प्रतिनिधि सहभागी हुनेछन् ।

त्यसैगरी इच्छुकको सम्झनामा विहान ११ बजे संवाद डलबीमा अखिल नेपाल जनसांस्कृति महासंघले र दिउँसो १ बजे इच्छुक प्रतिस्ठानले अन्तरक्रया तथा पुरस्कार वितरण कार्यक्रमको अायोजना गरेको छ ।

पत्रकार इच्छुकलाई २०५९ साल जेठ ६ गते काठमाडौँबाट गिरफ्तार गरेर जेठ १३ गते निर्मम यातना दिएर हत्या गरिएको थियो । 

तत्‍कालिन काठमाडौं प्रहरी प्रमुख विक्रमसिंह थापाको अगुवाइमा सेनको हत्या भएपनि हत्यारालाई कुनै कारवाही हुन सकेको छैन ।

२०७४ जेठ १३ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...