सहोदर भाई - भाई विचको प्रतिस्पर्धाले आमा यस्तो धर्म संकटमा



काठमाडौं ।

बर्दियामा जेष्ठ ३१ हुने स्थानिय तहको दोस्रो चरणको निर्वाचन अन्तरगत गुलरिया नगरपालिकाको वडा २ को वडा अध्यक्षमा एकै घरका दुई भाइहरु चुनावी मैदानमा उत्रिएका छन् ।

नेपाली कांग्रेसले जेठो छोरो कृष्ण अधिकारीलाई र नेकपा एमालेले कान्छो छोरो टंक अधिकारीलाई चुनाव जित्ने भन्दै टिकट दिए पछि ८६ वर्षिय आमा सन्तु अधिकारीलाई धर्म संकट परेको छ ।

आफु वि. सं. २०१५ साल देखिका चुनावको मतदानमा सहभागि भएको वताउदै सन्तुले यो चुनावमा आफुलाई मतदान गर्न मन नलागेको वताइन् ।

मेरा दुवै छोराले राजनीतिमा पार्टी र स्थानियवासीको मन जित्न सक्नु खुशीको कुरा भए पनि चुनावमा विरामी हुन पाए आफु उत्साहित हुने सन्तुको मनसाय छ ।

दुवैले टिकट पाएका सहोदर भाई भाई विचको प्रतिस्पर्धाले घर परिवार सहित नजिकका इष्ट मित्रमा मतदानको विषय सोचनिय बनेको छ । कसको पक्षमा मत माग्ने समस्या भयो छोरा दुवै समान हुन् ।

२३०० मतदाता रहेको वडामा लोक प्रिय समाजसेवी दाजुभाई मध्य कसलाई रोज्ने मतदाता पनि धर्म संकटमा परेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...