प्रचण्डको राजीनामाबारे भारतीय मिडियाको सनसनीपूर्ण खुलासा ( हेर्नुहोस् पूर्ण पाठसहित)

  • काठमाडौं ।

हालका काम चलाउ सरकार भनौ वा हिजो बाट प्रधानमन्त्रीको पदबाट राजिनामा दिएका प्रचण्डको राजिनामा प्रति सनसनी पूर्ण खबर बाहिर आएको छ । भारतबाट प्रकाशित हुने द हिन्दूस्तान टाईम्स दैनिकले प्रचण्डले किन राजिनामा दिए भनेर खबर छापेको छ ।

त्यसमा प्रचण्डले भारतकै इशारामा प्रचण्डले राजिनामा दिएको उल्लेख गरेको छ । शक्ति बाँडफाँडको आर्किटेक्ट भारत भएको र त्यहि अनुसार नेपाली कांग्रेस र माओवादी केन्द्रलाई मिलाएको हिन्दूस्तान टाईम्समा छ । द हिन्दुस्तान टाईम्सकालागि प्रशान्त झाले लेखेको समाचारमा त्यस्तो उल्लेख गरेको हो ।

भारतिय मिडिया द हिन्दुस्तान टाईम्सले प्रकाशित गरेको समाचारमा चिनले अघिल्लो सरकार भएका बेला केपी ओलीसितै रहेर ‘वामपन्थी एकताको’ सरकार बनाओस् भन्ने चाहेको तर भारतले भने ओलीलाई हटाउन चाहेको पनि उल्लेख छ । भारतले नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेशीहरु सम्मिलित सरकार चाहेको थियो ।

ओलीलाई हटाउन चाहन्थ्यो । ओलीले भारतिय बिरोधी राष्ट्रवादलाई उरालेको पनि पत्रिकामा उल्लेख छ । ओलीले अलगाववादी संविधान बनाउन खोजेको आरोप पनि लगाएको छ ।कस्तो अलगाववादी संविधान हो भन्ने स्पष्ठ नलेखे पनि उसले मधेशमा अलग राज्यसरह माग गर्दै आएका मधेशी दलहरुको मागलाई संवोधन नगरि पेलेर संविधान बनाउन खोजेको भन्ने संकेत दिन खोजेको हुन सक्छ ।

प्रचण्ड भारततिर ढल्किएको र शक्तिको साझेदारीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासित मिलेको पनि द हिन्दुस्तान टाईम्सले आरोप लगाएको छ । शक्तिमा साझेदारी गर्ने त्यो सहमति कस्तो थियो त रु मधेशी दलहरुले उठाएका मागहरुलाई संवोधन हुनेगरि संविधान संशोधन गर्ने ।

मधेशीहरुले माग राखे अनुसार संविधान संसोधन गरेर अर्को चरणको निर्वाचन गर्ने सहमतिमा सरकारको नेत्तृत्व गरे पनि संविधान संसोधन गरेर मधेशीका माग संवोधन नगरि नेतृत्व छोडेकाले प्रचण्ड सफल नभएकोपनि द हिन्दुस्तान टाईम्सले उल्लेख गरेको छ ।

द हिन्दुस्तान टाईम्सले लेखेको पूर्ण पाठ सहित हेर्नुस




प्रतिकृया दिनुहोस्

Loading...