चुनावको परिणाम आउँदै गर्दा कास्कीमा चर्चा, अन्तै भोट हालेछ अन्तरघातीले…

  • कास्की। 

कास्कीमा चुनावको मतपरिणाम आउँदै गर्दा नेपाली काँग्रेसले चुनाव हार्नुको कारणबारे टिप्पणी र चर्चा हुन थालेका छन्। 

बिषेसगरि काठमाडौं, पोखरा र चितवनको विषयमा चर्चा हुन शुरु भएको छ। पार्टीको केन्द्रिय तहबाटै निर्णय भएको पोखराको मेयर उपमेयरको चर्चा अहिले चुनावमा अनपेक्षित मत परिणाम आउन थालेपछि झन हुन थालेको छ।

काठमाडौंबाटै पोखराको मेयरका लागि टुङगो लागेपछि काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवर र पत्रकार नेतृ सरस्वती गुरुङ मैदानमा उत्रिएका थिए। यस बिचमा अन्य आकाँक्षीहरुको पनि चर्चा भएपनि उनीहरुले टिकट नपाउँदा मैदानमा पार्टीलाई सहयोग गर्न आउने अपेक्षा थियो। तर स्थित त्यस्तो नभएको एक स्थानिय काँग्रेस कार्यकर्ता बताउँछन्।

काँग्रेसको स्थित कमजोर हुँदै जाँदा लोकसंगित र दोहोरीका लागि चर्चित पोखराका स्थानियहरुले लोकगीतको टुक्राहरुलाई सामाजिक सञ्जालमा हाल्न थालेका थिए।

देख्दा भेट्दा लरक्कै पार्नी
सौता संग मिलेर पोइ मार्नी
खुरापातीले…
अन्तै भोट हालेछ,
अन्तरघातीले

स्थानिय तह निर्धारण हुँदा खासै ध्यान नपुर्याएको काँग्रेसले महानगरमा एमालेको वाहुल क्षेत्रलाई थप्दा आँखा चिम्लेर बस्यो। त्यसमा ध्यान नदिदा काँग्रेस समग्रमा कमजोर देखिएको छ।

तर समग्रको कमजोरी भन्दा पनि अहिले बफै भित्रको कमजोरी घात अन्तरघात खोज्न पोखराका काँग्रेसीहरु बढी लागिपरेका छन्। मुख्य शहरबाट मतगणना साविकको गाउँतहमा जाँदा परीणाम काँग्रेसको पक्षमा नआउने कुरामा स्वयं काँग्रेसहरु नै पुगिसकेका छन्।

, ,

प्रतिकृया दिनुहोस्

Loading...