माथिल्लो कर्णाली नेपाल आफैले बनाउने प्रस्ताव केपी ओलीले नै अस्विकार गरेको खुलासा (भिडियोसहित)

  • काठमाडौं ।
माथिल्लो कर्णाली जलविद्युत परियोजना नेपालले नै बनाउनुपर्ने भनि मन्त्रिपरिषद्मा राखिएको प्रस्ताव निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अस्विकार गरेको निवर्तमान उपप्रधानमन्त्री चित्र बहादुर केसीले नै जानकारी दिएका छन ।

अत्यन्त सस्तो मूल्यमा बनाउन सकिने सो परियोजना भारतीय कम्पनीलाई दिनुको साटो नेपाल आफैंले बनाउनुपर्ने केसीकोे प्रस्ताव ओलीले अस्विकार गरेका हुन् ।

नेपाल आजसंग कुरा गर्दै केसीले नेपालीको पूंजीले धान्न सक्ने, सस्तो र सहज हिसावले बनाउन सकिने सो परियोजना विदेशीलाई दिनु राष्ट्रघात भएको स्पष्ट गरे । ओलीसंग आफुले सोका बारेमा पटकपटक कुरा गरेपनि ओलीले अस्विकार गर्दै आएको केसीको भनाइ छ ।

भिडियो नेपाल आजबाट

,

प्रतिकृया दिनुहोस्

Loading...