काँग्रेस नेता क्षेत्रीलाई मातृशोक


प्रताप शर्मा, काठमाडौँ । 

नेपाली काँग्रेस पर्वतका युवा नेता दान बहादुर क्षेत्रीलाई मातृशोक परेको छ । 

लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय नेता क्षेत्रीकी ममतामयी आमा सावित्रीदेवी क्षेत्रीको निधन भएको हो ।

२०१७ सालमा जन्मिनुभएकी ५७ बर्षीय आमाको २०७४ साल जेठ १३ गते निधन भएको हो । नेता क्षेत्री कांग्रेसको युवा सङ्गठन तरुण दलका  ४ औं महाधिबेशनका केन्द्रीय प्रतिनिधि समेत हुन् । 

हाल उनि कांग्रेसको तरुण दलमा आबद्ध रही राजनीति गर्दै आएका छन् । उनि करातेका खेलाडी तथा प्रशिक्षक समेत हुन् । स्वर्गीय आमा सबित्रिका परिवारमा श्रीमान र ३ छोरा छन् ।

क्षेत्रिकी स्वर्गीय आमा सावित्री प्रति इमान्दार मिडिया परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।

२०७४ जेठ १४ गते प्रकाशित


प्रतिकृया दिनुहोस्

Loading...