थुना मुक्त भएपछि नेता महर्जनले भने - राज्यले पञ्चायतकालकाे झल्काे दिलायो

  • जन्मदेव जैसी, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका नेता नारायण महर्जन गिरप्तार परेको २५ दिनपछि थुना मुक्त भएका छन्। थुना मुक्त भएपछि महर्जनले राज्यले पञ्चायत कालकाे झल्काे अाउने गरी धरपकड र दमन गरेको आरोप लागाएका छन् । 

थुनामुक्त भएपछि महर्जनले गणतन्त्र आइसकेको मुलुकमा पनि राजनीतिक अधिकार प्रयोग गर्न नदिएर राज्यले पञ्चायत कालको झल्को आउने ब्यबहार गरेको आरोप लगाए ।

गणतन्त्रकै निम्ति लडेका नेता कार्यकर्तालाई संकटकालको जस्तो गरी विचार अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिवन्ध लगाएको भन्दै नेता महर्जनले राज्यले गणतान्त्रिक व्यवस्थाको खिल्ली उडाएको आरोप लगाएका छन् ।

राज्यले जतिसुकै दमन र धरपकड गरेपनि संसदबादकाे बिकल्पमा बैज्ञानिक समाजवादी व्यवस्था ल्याइछाड्न आफु निरन्तर संघर्षमा लागिरहने प्रतिवद्धता महर्जनले व्यक्त गरे । 

आफ्ना नेता कार्यकर्ता र आफ्नो गिरपतारिले अझ लड्न प्रेरणाा मिलेकाे उनको भनाइ छ । महर्जनलाई दैनिक तारिखमा हाजिर हुने गरी आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले धरौटीमा थुनामुक्त गरेको हो ।

स्थानीय तह निर्वाचनको बहिष्कार अभियानमा लागेको भन्दै नेता महर्जनलाई ललितपुरबाट २४ दिन अगाडी गिरफ्तार गरेर हनुमान ढोकामा राखिएको थियो ।

महर्जनसँगै सिडियो कार्यालयमा हाजिर गराइएका अन्य ५ जना नेता कार्यकर्तालाई भने ५ दिनको म्याद थप गरेर पुन: हिरासदमा राखेको छ ।

२०७४ जेठ १४ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...