भरतपुर अपडेट : मध्यराती चितवन यसरि भयो माबबाल, गणना स्थगित

  • काठमाडौं ।

चितवनको भरतपुरमा जारी मतगणना अन्तिम चरणमा पुग्दै गर्दा गएराती विवाद भएको छ । मतगणनाको क्रममा एमाले र माओवादी केन्द्र बीच विवाद बढ्दै जाँदा मतपत्र नै च्यातिएपछि गणना रोकिएको छ । मतगणना रोकिएसँगै एमाले र माओवादी केन्द्र आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

माओवादी केन्द्रबाट भरतपुरमा मेयरको उम्मेदवार रहेकी रेणु दाहालले आफू बढ्दो क्रममा हुँदा एमालेले अनावश्यक विवाद सिर्जना गरेको आरोप लगाइन् । उनले भनिन्, ‘घटना हाम्रो कारण भएको होइन, उनीहरुकै कारण भएको हो । हामी बढ्दो क्रममा हुँदा उनीहरुले नियोजित ढंगले घटना घटाएका हुन् ।’

सुरुदेखि नै एमालेले मतगणनाका क्रममा विवाद सिर्जना गरेको आरोप लगाउँदै उनले मतान्तर घट्दा यो क्रमलाई थप तीब्रता दिएको बताइन् । 

यस्तै एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले माओवादीले हार्ने भएपछि विवाद गरेको आरोप लगाएका छन् । उनले मतगणनको क्रममा राज्यसत्ताको दुरुपयोग गरिएको समेत आरोप लगाए ।

वाइसियल नेता मधु न्यौपाने लगायतले मतपत्र च्यातेको आरोप लागेको छ । तर, माओवादी केन्द्रका नेताहरुले भने हार्ने भएपछि एमालेले अनावश्यक बखेडा निकाल्दा यो अवस्था निम्तिएको दाबी गरेको छ ।

मतपत्र च्यातिँदा दुई पक्षबीच हात हालाहालसम्मको स्थिति बनेको थियो भने लगत्तै मतगणनास्थलमा पुगेको प्रहरीलेवाइसियलका न्योपाने र अर्का द्रोण सिवाकोटीका साथै एमालेका गंगा लामालाई पक्राउ परेको छ ।अहिले मतगणनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

बडा नम्बर १९ को मतगणना हुँदै गर्दा यो घटना हुन पुगेको हो । रोकिएको मतगणना अहिलेसम्म सुचारु हुने सकेको छैन ।

,

प्रतिकृया दिनुहोस्

Loading...