ताजा अपडेट: काठमाडौं महानगरमा कांग्रेस भन्दा एमाले ८ हजारले अगाडी


  • काठमाडौं ।
काठमाडौं महानगरपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसबीचको मतअन्तर फराकिलो हुँदै गएको छ।

सोमबार बिहान १ बजेसम्म प्राप्त मतपरिणामअनुसार नेकपा एमालेका विद्यासुन्दर शाक्यले २८४२१ मत ल्याएर आफ्ना अग्रता कायम राखेका छन्। 

दोस्रो स्थानमा रहेर उनलाई पछ्याउँदै आएका नेपाली कांग्रेसका राजुराज जोशीको मत शाक्यको भन्दा ८३१० कम छ। उनले २०१११ मत पाएका छन्। 

विवेकशील नेपाली दलकी रञ्जु दर्शना १११४६ मतका साथ तेस्रो स्थानमा कायम छिन्। चौथो स्थानमा रहेका साझा पार्टीका किशोर थापाको पक्षमा ८४३४ मत परेको छ। 

२०७४ जेठ ८ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...