सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा कांग्रेसको जीत


  • सिन्धुपाल्चोक । 
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। 

सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार अध्यक्षमा वंशलाल तामाङ र उपाध्यक्षमा मिरा अधिकारी लामा विजयी भएका हुन्। 

वंशलालले एमाले उम्मेदवार झम्क नेपाललाई दुई सय मतअन्तरले हराउँदै इन्द्रावतीको अध्यक्षमा निर्वाचित भए। कांग्रेसका उम्मेदवार तामाङको पक्षमा ५ हजार ३ सय ६५ र एमाले उम्मेदवार नेपालको पक्षमा ५ हजार १ सय ६५ मत परेको थियो। 

अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार चिरञ्जीवी आचार्यले २हजार ५ सय ८४ मत पाएका थिए। यसैगरी उपाध्यक्षमा कांग्रेसकै मिरा लामालाई ५ हजार १ सय ६१ मत सहित निर्वाचित भइन्। 

उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी सरस्वती अधिकारीले ५ हजार ८९ मत ल्याइन् । उपाध्यक्ष पदको माओवादी उम्मेदवार विसमाइ तामाङको पक्षमा २ हजार ६९६ मत परेको छ ।

२०७४ जेठ ८ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...