माओवादी र एमाले कार्यकर्ताबीच खुकुरी हानाहान ६ घाइते, ३ को अवस्था गम्भीर





  • रामेछाप।
सथानीय तह निर्वाचन आउन दिन बाकी रहँदा एमाले र माओवादी कार्यकर्ताबिच खुकुरी हानाहान भएको छ । रामेछापको दोरम्बा गाउँपालिका वडा नं. ४ स्थित खारपानीमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच खुकुरी हानाहान भएको हो ।

शुक्रबार साँझ करिब ७ः३० बजे एमालेका वडा ध्यक्षका उम्मेदवार पासेवानका धनबहादुर थापामगरको टोलीले माओवादी कार्यकर्तामाथि घरेलु हतियारसहित आक्रमण गर्दा दोहोरो भीडन्त भएको बताइएको छ ।

एमाले कार्यकर्ताले अनावश्यक बखेडा झिकेर आफ्ना कार्यकर्तामाथि लुकेर आक्रमण गरेपछि झडप भएको माओवादी केन्द्रको आरोप छ । 

भीडन्तमा परी माओवादी केन्द्रका कार्यकर्ता तुलबहादुर थापामगर, हिराबहादुर थापा र जितबहादुर थापामगर, देवीमाया थापामगर, हेमबहादुर थापामगर, लोकबहादुर थापामगर सख्त घाइते भएका छन् । 

घाइतेमध्ये तुलबहादुर, हिराबहादुर र जितबहादुरको अवस्था गम्भीर रहेको प्रत्यक्षदर्शी टोपबहादुर थापामगरले बताए । घाइतेहरु धेरैकाे अाँखा, टाउकाे र घाँटीमा चाेट लागेकाे बताइएको छ ।

प्रहरी प्रमुख प्रहरी नावय उपरीक्षक कुमोद ढुंगेलले पक्षबीच भीडन्त भएको पुस्टि गर्दै घाइते सबैलाई उपचारको लागि एम्बुलेन्समार्फत काठमाडौं पठाइएको बताएका छन् । 

घटनामा संलग्न देखिएको भन्दै एमालेका होमबहादुर थापामगर, दिपबहादुर थापामगर र बेयवबहादुर थापामगरलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय टोकरपुमा राखिएको छ । घटनापछि एमालेका वडाध्यक्ष उम्मेदवार धनबहादुर फरार छन् ।

यो वडामा वडाध्यक्षका लागि माओवादी केन्द्रबाट गौश्वराका टलकबहादुर थापामगर र नेपाली कांग्रेसबाट छ्यार्पाका श्याम घिसिङ उम्मेदवार छन् । नयाँ शक्तिले पनि वडाध्यक्षमा उम्मेदवार दिएका छन् ।

यस वडामा मगर समूदायको बाहुल्यता रहेको छ । बाँकी जनसंख्या तामाङ र दलित समूदायको छ । अन्य समूदाय शून्यप्रायः छ । स्थानीय तह निर्धारण गर्दा गौश्वरा गाविसलाई ४ नम्बर वडा बनाइएको थियो ।

भीडन्तपछि मतदातामा त्रास फैलिएको कांग्रेस स्थानीय नेता विरबहादुर तामाङले बताए । उनले भोलि मतदान हुनेमा शंका व्यक्त गरे ।

२०७४ बैशाख ३० गते प्रकाशित

, , ,

प्रतिकृया दिनुहोस्

Loading...