बम विस्फोटमा परि २५ जनाको मृत्यु, ३० घाइते, प्रधानमन्त्रीद्वारा घटनाको निन्दा

  • काठमाडौँ ।
पाकिस्तानमा भएको बम विस्फोटमा परी २५ जनाको मृत्यु भएको छ ।

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा भएको आत्मघाति बम विस्फोटमा परी सिनेटका उपनेतासहित ३० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यसैबीच पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले घटनाको निन्दा गरेका छन् । घटनामा पाकिस्तानी सिनेटका उपनेता अब्दुल गफुर हैदरी घाइते भएको प्रधानमन्त्री सरिफको विज्ञप्मिा उल्लेख छ । हैदरी चढेको कार भने पूर्णतया जलेर नष्ट भएको छ । विस्फोटमा केही प्रहरी अधिकारीसमेत घाइते भएको बताइएको छ ।

घटनाको इस्लामिक स्टेट समूहले आफ्नो एक समाचार संस्थामार्फत जिम्मेवारी लिएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...