एकाएक प्रचण्डको मुड चेन्ज : तत्काल राजीनामा नगर्ने सोचमा

  • काठमाडौं । 
पहिलो चरणको निर्वाचनमा केही तहमा तालमेल गरेर निर्वाचनमा भाग लिएका सत्तारुढ दल र नेकपा माओवादी केन्द्रमा खटपट सुरु भएको छ ।

चुनाव तालमेल भएको चितवनको भरतपुर महानगरपालिकामा अपेक्षाअनुसारको मत परिणाम नआएपछि माओवादीले कांग्रेसले ‘बेइमानी’ गरेको निष्कर्ष निकालेको छ ।

कांग्रेस र माओवादीबीच भएको सहमतिअनुसार बैशाख ३१ गतेको पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै जेठको पहिलो साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिने बताइए पनि पहिलो साता राजीनामा नगर्ने मनस्थितमा प्रधानमन्त्री पुगेका छन् ।

प्रधानमन्त्री दाहालले जेठ १५ गते कामचलाउ बजेट घोषणा गरेर मात्र राजीनामा दिने तयारी गरेका छन् । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

२०७४ जेठ ५ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...