यसकारण परराष्ट्रमन्त्री डा महत सिङ्गापुर गए

  • काठमाडौँ, २० वैशाख ।

परराष्ट्रमन्त्री डा प्रकाशशरण महत थाइल्यान्डस्थित नेपाली राजदूतावास र सिङ्गापुरस्थित नेपाली अवैतनिक महावाणिज्यदूतावासद्वारा बिहीबार सिङ्गापुरमा आयोजना गर्ने नेपाली पर्यटन, व्यापार तथा लगानी सम्बन्धी सम्मेलनमा सहभागिताका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन । 

सिङ्गापुरमा रहँदा उनले सो सम्मेलनलाई सम्बोधन गर्नुका साथै सिङ्गापुरका विदेश मामिला एवम् मानवसंशाधन सम्बन्धी उपमन्त्री जोसेफिन तेओसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । 

परराष्ट्र मन्त्री डा महत शुक्रबार सिङ्गापुरबाटै भारतका लागि आउने छन् । भारतीय राजधानी नयाँ दिल्लीस्थित नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतहरुको यही मे ५ देखि आयोजना गरिने दुई दिने सम्मेलनको परराष्ट्रमन्त्री डा महत र भारतीय विदेशमन्त्री सुस्मा स्वराजले संयुक्त रुपमा उद्घाटन गर्नुहुने कार्यक्रम छ । 

सो सम्मेलनमा नेपालको आर्थिक कुटनीतिअन्तर्गत आर्थिक विकास, व्यापार तथा लगानी प्रवद्र्धन, पर्यटनलगायतका विषयमा परराष्ट्र सचिव शङ्करदास वैरागीसहित नेपाल र भारतका विज्ञको प्रस्तुति रहने छ । मन्त्री डा महत आगामी शनिबार स्वदेश फर्किनु हुने कार्यक्रम छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...