चुनावको मुखैमा माओवादी केन्द्रका सांसद घिसिङ पार्टीबाट निस्कासित


काठमाडौँ २० बैशाख। 

चुनावको मुखैमा नेकपा माओवादी केन्द्रले आफ्ना एकजना सांसदलाई पार्टीबाट निष्कासन गरेको छ ।
पार्टीले माओवादी केन्द्रका सामानुपातिक सांसद योगन्द्र घिसिङलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कान गरेको छ ।

ललितपुर जिल्ला समिति सदस्यसमेत रहेका सांसद घिसिङलाई पार्टीले नीति र निर्देशन विपरित आफू निकटकालाई उम्मेदवारी दिन लगाएको आरोपमा कारबाही गरेको हो । 

बुधबार बसेको ललितपुर जिल्ला कार्यसमितिको बैठकले उनलाई निस्कान गर्ने निर्णय गरेको माओवादी केन्द्र ललितपुरले जनाएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...