सञ्चार संस्था र पत्रकारमाथि राज्यद्वारा गरिएको ज्यादतीप्रति क्रान्तिकारी पत्रकार संगठनको गम्भीर आपत्ति


काठमाडौँ ।

स्थानीय निर्वाचन नजिकै जाँदा देशभर पत्रकारहरु माथी राज्यद्वारा गरिएको धरपकड, गिरप्तार, झुट्टा मुद्दा लगाउने गरेको प्रती क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रभात चलाउनेले आपत्ति जनाएका छन्।

सरकारले देशका विभिन्न ठाउँमा विनाकारण मानिसहरुलाई गिरफ्तार गर्ने, धम्की दिने, घरघरमा पुगेर खानतलासी गर्ने क्रियाकलापहरु तीब्र बनाएको प्रति चलाउनेले एक बिज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिब समेत रहेका चलाउनेद्वारा जारी बिज्ञप्तिमा देशभर करिव एक दर्जन पत्रकारहरु गिरफ्तार गरिएको, बिभिन्न सञ्चारमाध्यमका कार्यालय, त्यसमा कार्यरत पत्रकार÷लेखकहरुलाई प्रहरीले फोन गरेर सोधपुछ गर्ने, धम्की दिने काम गरिरहेको बताइएको छ । 

बिज्ञप्तिमा भनिएको छ - 'घरमा बसिरहेका, आफ्नो कार्यालयमा काम गरिरहेका तथा बाटोमा हिडिरहेका बेला करिव ३०० जना मानिसहरु गिरफ्तारीमा परेका छन् । सरकारको यसखालको व्यवहारप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालको संविधान २०७२ को धारा १६ देखि ४८ सम्म मौलिक अधिकारहरुको व्यवस्था गरिएको छ ।'

त्यस्तै चलाउनेले समाजको ऐनाका रुपमा रहने पत्रकारिता पेशा अंगालेर स्वतन्त्रतापूर्वक पत्रकारिता गर्न पाउने अधिकारसहित संविधानमा व्यवस्था गरिएका मौलिक अधिकारहरुलाई सरकार र सरकारका विभिन्न संरचनाबाट कुल्चने काम भएको बताएका छन्। 

बैशाख १९ गते क्याम्पसमा पढाएर घर फर्कदै गरेका उपप्राध्यापक समेत रहेका रुकुमका पत्रकार हरीबिष्णु ओलीलाई बाटोबाटै गिरफ्तार गरेर अहिलेसम्म हिरासतमा राखिको, बैशाख २१ गते पर्वतका पत्रकार गोपाल जिसीलाई घरबाटै गिरफ्तार गरिएको बताइएको छ । 

यस्तै बैशाख २५ र २६ गते भएको नेपाल पत्रकार महासंघ रोल्पाको जिल्ला अधिवेशनमा प्रदेश पार्षदमा उम्मेदवार भई विजयी भएका पत्रकार पुष्टमान घर्ती मगरलाई सोही प्रक्रियामा सहभागी भइरहेकै बेला २७ गते बिहान पक्राउ गरी हिरासतमा राखिएको बताइएको छ । 

काठमाडौंको बागबजारमा चिया खाइरहेका अवस्थामा पत्रकार ठाकुरप्रसाद तिमिल्सिना (रसुवाली कवि), गम्भीर पाठक, योगेश बराललाई गिरफ्तार गरिएको, मकवानपुरबाट प्रकाशित हुने जनता जिन्दावाद साप्ताहिकका सम्पादक तथा क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय कार्यालय सचिव तिलक अधिकारीलाई बजारमा बसिरहेका बेला एक दर्जन प्रहरी पठाएर घेरा हाल्ने र गिरफ्तार गर्ने प्रयास गरिएको बताएइको छ ।

काठमाडौको बागबजारमा रहेको रातो खबर साप्ताहिक पत्रिकाको कार्यालयमा प्रहरीले घेरा हाल्ने, कार्यालयमा छापा मार्ने र उक्त पत्रिकाका निर्देशक अनिल शर्मालाई पटक पटक फोन गरेर सोधपुछ गरी आतंकित बनाउने काम भएको अध्यक्ष चलाउनेले बताएका छन ।

त्यस्तै कोटेश्वरमा रहेको इमान्दार मिडियाको कार्यालयमा फोन गरेर प्रहरीले अनावश्यक साेधपुछ गरेको छ । नेपाल पत्रकार महासंघका काठमाडौ शाखा सदस्य तथा वेभ डेभलपर चुडामणी श्रेष्ठलाई उनको घरमै गएर प्रहरीले अनावश्यक सोधपुछ गरी दुःख दिएकोप्रति आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ । 

हेर्नुहोस् बिज्ञप्तिको पूर्णपाठसहित


क्रान्तिकारी पत्रकार संगठन, नेपाल 

केन्द्रीय समिति 

प्रेस विज्ञप्ती 

सरकारले देशका विभिन्न ठाउँमा विनाकारण मानिसहरुलाई गिरफ्तार गर्ने, धम्की दिने, घरघरमा पुगेर खानतलासी गर्ने क्रियाकलापहरु तीब्र बनाएको छ ।

यस क्रममा करिव एक दर्जन पत्रकारहरु गिरफ्तार गरिएका छन् । साथै बिभिन्न सञ्चारमाध्यमका कार्यालय, त्यसमा कार्यरत पत्रकार÷लेखकहरुलाई प्रहरीले फोन गरेर सोधपुछ गर्ने, धम्की दिने काम गरिरहेको छ । 

घरमा बसिरहेका, आफ्नो कार्यालयमा काम गरिरहेका तथा बाटोमा हिडिरहेका बेला करिव ३०० जना मानिसहरु गिरफ्तारीमा परेका छन् । सरकारको यसखालको व्यवहारप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालको संविधान २०७२ को धारा १६ देखि ४८ सम्म मौलिक अधिकारहरुको व्यवस्था गरिएको छ ।

सरकारका पछिल्ला कदमले संविधानमा व्यवस्था गरिएका मौलिक अधिकारको पूर्ण रुपमा उल्लंघन भएको छ । स्वतन्त्र र निर्भयपूर्वक बाँच्न पाउने, आफूलाई मनमा लागेको कुरा विभिन्न माध्यमबाट अभिव्यक्त गर्न पाउने, कुनै राजनैतिक पार्टीको सदस्य बन्न पाउने, राजनीतिक आस्था र विचार बोक्न पाउने तथा समाजको ऐनाका रुपमा रहने पत्रकारिता पेशा अंगालेर स्वतन्त्रतापूर्वक पत्रकारिता गर्न पाउने अधिकारसहित संविधानमा व्यवस्था गरिएका मौलिक अधिकारहरुलाई सरकार र सरकारका विभिन्न संरचनाबाट कुल्चने काम भएको छ। 

यसबाट नेपालमा कानुनी राज छ वा मनपरीतन्त्र छ भन्ने प्रश्न उब्जिएको छ । संविधानमा व्यवस्था गरिएका मौलिक अधिकारहरु देखाउनका लागि व्यवस्था गरिएका कागजी दस्तावेज मात्र हुन वा साँच्चिकै लागु गर्नका लागि व्यवस्था गरिएका हुन भन्ने प्रश्न उठेको छ । 

बैशाख १९ गते क्याम्पसमा पढाएर घर फर्कदै गरेका उपप्राध्यापक समेत रहेका रुकुमका पत्रकार हरीबिष्णु ओलीलाई बाटोबाटै गिरफ्तार गरेर अहिलेसम्म हिरासतमा राखिएको छ । बैशाख २१ गते पर्वतका पत्रकार गोपाल जिसीलाई घरबाटै गिरफ्तार गरिएको छ । 

बैशाख २५ र २६ गते भएको नेपाल पत्रकार महासंघ रोल्पाको जिल्ला अधिवेशनमा प्रदेश पार्षदमा उम्मेदवार भई विजयी भएका पत्रकार पुष्टमान घर्ती मगरलाई सोही प्रक्रियामा सहभागी भइरहेकै बेला २७ गते बिहान पक्राउ गरी हिरासतमा राखिएको छ । 

काठमाडौंको बागबजारमा चिया खाइरहेका पत्रकारर ठाकुरप्रसाद तिमिल्सिना (रसुवाली कवि), गम्भीर पाठक, योगेश बराललाई गिरफ्तार गरिएको छ । 

मकवानपुरबाट प्रकाशित हुने जनता जिन्दावाद साप्ताहिकका सम्पादक तथा क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय कार्यालय सचिव तिलक अधिकारीलाई बजारमा बसिरहेका बेला एक दर्जन प्रहरी पठाएर घेरा हाल्ने र गिरफ्तार गर्ने प्रयास गरियो । 

काठमाडौको बागबजारमा रहेको रातो खबर साप्ताहिक पत्रिकाको कार्यालयमा प्रहरीले घेरा हाल्ने, कार्यालयमा छापा मार्ने र उक्त पत्रिकाका निर्देशक अनिल शर्मालाई पटक पटक फोन गरेर सोधपुछ गरी आतंकित बनाउने काम भएको छ । 

त्यस्तै कोटेश्वरमा रहेको इमान्दार मिडियाको कार्यालयमा फोन गरेर प्रहरीले अनावश्यक दुःख दिने काम गरेको छ । नेपाल पत्रकार महासंघका काठमाडौ शाखा सदस्य तथा वेभ डेभलपर चुडामणी श्रेष्ठलाई उनको घरमै गएर प्रहरीले अनावश्यक सोधपुछ गरी दुःख दिएको छ । 

क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य तथा जलजला पोष्टका सम्पादक दिपेश बिष्ट र जाजरकोट जिल्ला अध्यक्ष तिर्थराज बोहोरालाई प्रहरीले पटक पटक फोन गरेर दुख दिने काम गरिरहेको छ ।

बैशाख २९ गते दोलखाको गौरीशंकर गाउँपालिकामा भएको घटनाको अनुगमन गर्न काठमाडौंबाट गएका मानवअधिकारकर्मी प्रेम तामाङलाई गाडीको पास लिन जिल्ला प्रशासन कार्यालयमै गएका बेला पक्राउ गरी हिरासतमा राखिएको छ । 

साथै अन्य थुप्रै पत्रकारहरुका घरमा पुग्ने, परिवारका अन्य सदस्यलाई गिरफ्तार गर्ने तथा प्रहरी कार्यालयमा बोलाएर दुःख दिने काम गरिरहेको छ । गिरफ्तार गरिएका पत्रकारहरुलाई जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक अपराधको मुद्दा लगाएर राखिएको छ । यसप्रति हाम्रो संगठन गम्भीर आपत्ती प्रकट गर्दछ । 

साथै हामी विना कारण र विना पक्राउ पुर्जी पत्रकारहरु गिरफ्तार गर्ने, उनीहरुमाथि झुट्टा मुद्दा लगाउने र घरपरिवारमा दुःख दिने, आतंक फैलाउने कार्य तत्काल बन्द गर्न माग गर्दछौं । देशमा गणतन्त्र÷लोकतन्त्र भनिए पनि माथिका यी घटनाले राणाकालीन हुकुमीतन्त्र र अराजकतापूर्ण पञ्चायति व्यवस्था कायमै रहेको अनभूती हुन्छ । 

आम नागरिकलाई संविधानले प्रदान गरेका मात्रै भए पनि अधिकारको पालना गर्न दिने कुरा त परै छ, एउटा शक्तिका रुपमा मानिने प्रेसमाथि समेत अनेक झुट्टा लाञ्छना लगाएर मन नपरेका वा आफ्नो आलोचना गर्नेहरुमाथि दमन गर्नेतिर सरकार केन्द्रित भएको देखिन्छ । 

संविधानले ’नो भोट‘ को समेत परिकल्पना गरी नागरिकलाई त्यो अधिकार प्रत्याभूत गरेको सन्दर्भमा सरकारको यो कदम निकै पूर्वाग्रहीपूर्ण र दूराग्रही छ । एउटा अनपेक्षित र कठोर युद्धबाट गुज्रिएर यहाँ आइपुगेको देशलाई सरकार फेरि पनि जवरजस्त भयानक युद्धतिर धकेल्न प्रयत्न गरिरहेको छ भन्न यसले प्रष्ट संकेत गरेको छ । 

जब मान्छेलाई स्वतन्त्रतापूर्वक बस्न दिइदैन, निर्दोष नागरिकलाई घरबाटै समातेर सार्वजनिक अपराधको मुद्दा लगाइन्छ र जहाँ देखियो त्यही समात्ने भनेर उर्दी जारी गरिन्छ, तब त्यसले त्यही प्रकारको प्रतिरक्षा वा प्रतिक्रिया पैदा गर्दछ । जसका कारण सामाजिक द्वन्द्व सिर्जना हुने निश्चित छ । 

नेपालको राजनीतिक इतिहास यो तितो वास्तविकताका बीच सबै गुज्रिदै आएको थाहा हुँदा हुँदै पनि वर्तमान सरकारले यसलाई पूरै नजरअन्दाज गरी जवरजस्त दमनपूर्ण रवैया अख्तियार गरेर युद्ध थोपर्दै गरेको प्रष्ट हुन्छ । 

नागरिकका अधिकार पूरै खोसिएको यस्तो अवस्थामा कसैले नबोलेको वा नागरिक अधिकारको रक्षाका लागि अगाडि नसरेको देख्दा हामी अचम्मित भएका छौ । 

त्यसैले यसलाई रोक्न हामी आम नागरिक, सम्पूर्ण बुद्धिजीवी, मानवअधिकारकर्मी, पत्रकार तथा पेशाव्यवसायीहरुलाई हार्दिक अपिल गर्दछौं । 

आफूमाथि परेपछि मात्र चेत्ने इतिहास दोहो¥याउने नगरी समयमै सचेत भइ काल पल्किन नदिनका लागि हामी आग्रह गर्दछौं । 

२९ बैशाख २०७४
............. 
प्रभात चलाउने 
अध्यक्ष

, ,

प्रतिकृया दिनुहोस्

Loading...