चुनावको मुखैमा सांसद तथा एमाले नेता बडाललाई हृदयघात

काठमाडौं । 

नेकपा एमालेका नेता तथा सांसद केशव बडाललाई हृदयघात भएको छ । केन्द्रीय सल्लाहकार परिषदका सभापति तथा पूर्वमन्त्री समेत रहेका बडाललाई घरमै हृदयघात भएको हो ।

राष्ट्रिय सहकारी संघको केन्द्रीय अध्यक्ष समेत रहेका उनलाई उपचारको लागि चाबहिलको हेल्पिङ हृयाण्ड अस्पतालमा उपचार गराएर थप उपचारका लागि बाँसबारीस्थित न्यूरो अस्पतालमा लगिएको छ ।

२०७४ बैशाख २९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्

Loading...