काठमाडौंका नयाँ मेयर-उपमेयरद्वारा सपथ ग्रहण, 'क्लिन द सिटी' को सपना साँचेर विद्यासुन्दरले सम्हाले पदभार

  • काठमाडौं ।
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरले बुधबार सपथ लिनुका साथै पदभार सम्हालेका छन् ।

काठमाडौंका जनप्रतिनिधिहरुले विहान ११ बजे राष्ट्रिय सभागृहमा सपथ लिएका हुन् । राष्ट्रिय सभागृहमा आयोजित बिशेष समारोहमा काठमाडौं महानगरपालिकाका मूख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले काठमाडौंका नवनिर्वाचित जनप्रतिनिधिलाई सपथ ग्रहण गराएका थिए ।

समारोहमा काठमाडौं महानगरका मेयर बिद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीसहित १५९ जना स्थानीय प्रतिनिधिले सामूहिक सपथ ग्रहण गरे । मेयर बिद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीले अपराहृन बागदरबारस्थित महानगरपालिकाको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।

कार्याभार सम्हालेपछि मेयर बिद्यासुन्दर शाक्यले क्लिन द सिटी अभियान सुरु गर्ने निर्णयमा हस्ताक्षर गरे । साथै महानगरको नगर कार्यपालिकाको बैठक बसेको छ ।  सपथग्रहण समारोहमा कांग्रेसका राजुराज जोशी बाहेक मेयरका अन्य सबै प्रमुख प्रतिस्पर्धी उम्मेदवार सहभागि थिए ।

२०७४ जेठ १७ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...