जनता कार्यकर्ताको ब्यापक दबाबपछि एमालेले लियो चितवन बन्द फिर्ता

  • काठमाडौँ । 
नेकपा एमाले चितवनले बिहीबार आयोजना गरेको चितवन बन्द फिर्ता लिएको छ । भरतपुर महानगरपालिकामा रोकिएको मतगणना पुनः सुरु गर्न माग गर्दै एमालेले बिहीबार चितवन बन्दको आयोजना गरेको थियो ।

एमालेका माथिदेखि वडास्तरका नेता कार्यकर्ताले बन्दको बिरोध गरेपछि पार्टीको हाइ कमाण्डकै निर्देशनमा बिहीबारको चितवन बन्द फिर्ता भएको स्रोतको दाबी छ । 

एमाले नेतृ रामकुमारी झाँक्रीले समेत फेसबुकमा स्टाटस लेखेर बन्दको बिरोध गरेकी थिईन् भने एमाले सचिब शंकर पोख्रेलले उक्त बन्द फिर्ता भएको पुष्टी गरेका छन् । पोखरेलले फेसबुकमा स्टाटस लेख्दै बन्द फिर्ता भएको जानकारी दिएका हुन्।

यस्तै बन्द फिर्ता भएपछि नागरीक समाज, उद्योगबाणिज्य महासंघ लगायतले चितवन बन्द फिर्ता लिनु एमालेको सह्रानीय कदम भएको बताएका छन् । मतगणना सुरु गर्न निर्बाचन आयोगले अधिकृतलाई निर्देशन दिईसकेको छ ।


२०७४ जेठ १७ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...