बम बनाउन सिकिरहेछु २१औं शताब्दीको गौतम बुद्ध


लोकेश बिश्वकर्मा ।

मुलुक मादकी माहोलले मत्तासुर छ
घर, घातीहरुको कुल्चाइले क्रोधित छ
वस्ती, बहुलाहहरुको बर्बराहटले बेचैन छ

न समाज शान्त छ,न मन
किनकि दलाल अन्गुलीमालहरु छाडा छोडिएकाछन
मगन्ते वस्त्रमा १

माफिया महाजन बनेर
अत्याचारी अनुशिल देखिएर
पोहोरका पन्चे भान्छे भएकाछ्न
फोहोरी गन्धे माननिय रहेकाछ्न

भेष बदलिएर स्वार्थ बेचिरहेछ्न सामन्तहरु सहिद वस्तीतिर
त्यसैले म गौतम बुद्ध ,गम्न सकिन बोधी बृक्ष अंगालेर ।

अमर सन्तानको सपना साचेकी बिधवा आमा
वेपत्ता विपिनहरुको ब्यग्रतामा बाचिरहेको समाज

मानो मागीरहेको कर्णाली
छानो खोजिरहेको रोल्पाली
मान्यता माग गरेको मधेश

हितैसी खोजेको हिमालको कुरा नसुनेर
सुस्ताउन सकिन म सिदार्थ गौतम ।

बहिनी बेचिएको बिरोध छ मेरो
भाइ भरिया भएको निचोड छ उनको
अरवमा आफन्त डढीरहेकाछन भन्छु म
माटोमा दलाल बढिरहेका सुनाउछ्न उनि
त्यसैले बम बनाउन सिकिरहेकोछु म 
शाक्यमुनी एकीकृत चौतारीमा बसेर।

वदलिएको वातावरण विसात्त पार्न
अगुवाको आची बोकेर
सिंहादवारी सुगुरहरु बस्ती बिगार्दैछ्न
लिदैछन मुलुक बुझाउने परिक्षा जनता जपेर
आज कृपामा बाचेकाहरुको षड्यन्त्रको साङ्लो खोज्दैछु म
अन्तिम संघर्ष सोच्दैछु म

त्यसैले,
एकाग्रता पद्मासन प्रीय हुन छोडेको छ
मन छ मलामी बन्न दलाली सासनको

हो त्यसैले ब्युझेर विप्लव संगै 
बारुद पिसिरहेको हुनेछु 
बोधी बृक्षको बाहुलीमा किनकी 
२१औं शताब्दीको साहसी गौतम बुद्ध हु म ।

प्रतिकृया दिनुहोस्

Loading...