नाबालक छोराछोरीसहित अनेमसंघ नेतृ शिसम मध्यराति चितवनबाट गिरप्तार !




  • इमान्दार मिडिया संवाददाता ।

चितवन ।

नेपाल कम्युनिष्ट पार्टीनिकट अनेमसंघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य शिसम शाहीलाई प्रहरीले नाबालक छोराछोरीसहित गिरफ्तार गरेको छ ।

आफ्नै घरमा सुतिरहेको अवस्थामा बिहिबार मध्यराति शिसमसहित उनका १० बर्षिय छोरा सुजित र ४ बर्षिय छोरी सुवासनलाई समेत प्रहरी गिरफ्तार गरेको छ ।

कम्युनिष्ट पार्टी चितवनका इन्चार्ज सेक्रेटरी लाला बहादुर बिसिले इमान्दार मिडियालाई दिएको जानकारी अनुसार चुनाव बिरोधी गतिबिधि गरेको आरोपमा प्रहरीले गिरप्तार गरेको हो ।

'नेपालको कानुनमा १४ वर्ष मुनिका बालबालिकालाई प्रहरीले गिरप्तार गरेर हिरासतमा राख्न नपाउने ब्यबस्था गरिएको छ । तर प्रहरीले यसरी मानव अधिकारको समेत उल्लंघन गरेर जघन्य अपराध गरेको छ ।' इन्चार्ज बिसीले इमान्दार मिडियासँग भने ।

त्यस्तै कम्युनिष्ट पार्टी पर्वतका जिल्ला इन्चार्ज ओम बहादुर पुन हिमाल जिल्ला सेक्रेटरी अल्बर्ट, जिल्ला सल्लाहकार ओम प्रसाद पन्त, जिल्ला सदस्य यज्ञ गौतम र पत्रकार गोपाल जिसीलाई पक्राउ गरेको छ ।

उता सल्यानबाट पार्टीका कार्यकर्ता मोहन केसी, सुकलाल बस्नेत र घनश्याम नेपालीलाई प्रहरीले गिरप्तार गरेको नेकपाले जनाएको छ ।

बिना कारण आफ्ना नेता कार्यकर्तालाई प्रहरीले गिरप्तार र धरपकड गर्ने गरेको भन्दै कम्युनिष्ट पार्टीले आपत्ती जनाएको छ । सरकारले यस्तो रैबया निरन्तर कायम राखे परिणाम गम्भीर हुने पार्टीले चेतावनी दिएको छ ।

पछिल्लो समय प्रहरीले देशभर विप्लव नेतृत्वको कम्युनिष्ट पार्टी समर्थक सर्बसाधारण र पार्टीका नेता कार्यकर्तामाथि ब्यापक धरपकड बढाएको छ ।

२०७४ बैसाख २२ गते प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...