कांग्रेस उम्मेदवारको घरमा बम राखेको भन्दै पत्रकारसहित ४ जना पक्राउ


पर्बत ।

नेपाली कांग्रेसका उम्मेदवारको घरमा बम राखेको भन्दै पर्बत प्रहरीले पत्रकार गोपाल जिसिसहित कम्युनिष्ट पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरु गिरफ्तार गरेको छ ।

पर्वतको कुस्मा नगरपालिका कांग्रेसका मेयर उम्मेदवार रामचन्द्र जोशीको घरमा बम राखेको आरोपमा प्रहरीले जिसिसहित कम्युनिष्ट पार्टीका ४ जनालाई पक्राउ गरेको हाे ।

उम्मेदवार जोशीको घरमा बम भेटिएपछि प्रहरीले नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला ईन्चार्ज ओम बहादुर पुन 'हिमाल' जिल्ला सेक्रेटरी अल्बर्ट, जिल्ला सल्लाहकार ओम प्रसाद पन्त, जिल्ला सदस्य यज्ञ गौतम र गोपाल जिसीलाई पक्राउ गरेको हो ।

बिहिबार साँझ जोशीको घरमा भेटिएको शंकास्पद बस्तु बम भएको भन्दै नेपाली सेनाले डिस्पोज गराएको थियो । प्रहरीले पक्राउ गरेका सबैलाई सोधपुछका लागि पक्राउ गरेको र बम राखेको प्रमाणित भएमा आवश्यक कारवाही गरिने बताएको छ ।

यता नेकपाका धाैलागिरि ब्युराे प्रमुख पारसमणि केसिले अाफ्ना नेता कार्यकर्ताहरु बिना कारण गिरफ्तार गिरएकाे भन्दै तत्कालै बिनासर्त रिहा गर्न आग्रह गरेका छन ।

,

प्रतिकृया दिनुहोस्

Loading...