इङ्लिस फुटबलमा आज ३ क्लबको अग्निपरीक्षा



इङ्लिस फुटबलमा आजको दिन ३ क्लबका लागि महत्वपूर्ण मानिएको छ। म्यानचेस्टर सिटी, लिभरपुल र आर्सनलका लागि युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा प्रवेश पाउन आजको खेल निकै महत्वपूर्ण छ। 

यी ३ मध्ये २ क्लब छानिएर आगामी वर्षका लागि च्याम्पियन्स लिगमा समावेश हुनेछन्। त्यसैले आज राती यिनीहरुले खेल्ने भिन्दा भिन्दै खेल रोचक बन्न पुगेको छ। बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाको नेतृत्वमा पहिलो पल्ट खेलिरहेको म्यानचेस्टर सिटी आज वार्टफोर्डविरुद्ध भिड्दै छ। 

ग्वार्डिओलाको नेतृत्वमा सिटीले कुनै उपाधि नजितेपनि अन्तिम खेललाई बराबरीमा रोखेर एक अंक मात्र जुटाउन सफल भएको खण्डमा च्याम्पियन्स लिगमा प्रवेश गर्नेछ। सिटीले खेल जितेको खण्डमा ऊ प्रिमियर लिगको तेस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगका लागि छनोट हुनेछ। 

लिभरपुल पनि आजको खेलमा मिड्ल्सब्रोगलाई पराजित गरेको खण्डमा चौथो स्थानमा रहनेछ। तर, यी दुइ टोलीमध्ये एक पराजित भएको खण्डमा र आफूले खेल जितेको खण्डमा आर्सनलको पनि च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना प्रबल छ। आर्सनल इभर्टनविरुद्ध इमिरेट्स रंगशालामा खेल्दैछ। 

प्रिमियर लिगमा शीर्ष ३ स्थान बनाउने क्लब सिधै च्याम्पियन्स लिगमा प्रवेश गर्ने प्रावधान छ। चौथो टिमले भने आउँदो अगस्टमा होम एन्ड अवेको आधारमा प्ले–अफ खेल्न पाउनेछ। पाँचौ स्थानको टोलीले भने युरोपा लिग खेल्न पाउने प्रावधान छ।

प्रतिकृया दिनुहोस्

Loading...