अफगानिस्तानको जाबुलमा बीस प्रहरी मारिए

सरकार विरोधी सयौंँ लडाकूहरुको आक्रमणमा परी अफगानिस्तानमा २० भन्दा बढी प्रहरी मारिएका छन्। 

दक्षिणी अफगानिस्तानको जाबुल प्रान्तको शाह जोइ र देह चोपानको सुरक्षा चेकजाँच गर्ने ठाँउमा आइतबार आतङ्ककारीले आक्रमण गरेका प्रान्तीय गभर्नर बिस्मील्लाह अफगानमालले जानकारी दिए। 

हजारौँ तालीवानी विद्रोहीले शाह जोइ र देह चोपानको सुरक्षा चेकजाँच गर्ने ठाँउमा आज विहानै आक्रमण गरे। घटनामा परी २० जना प्रहरी मारिएका छन्,' गभर्नरले भने। 

सरकारी अधिकारीहरुका अनुसार १४ जना प्रहरी शाह जोइमा र छ जना प्रहरी देह चोपानमा मारिएका हुन् । 

यसैबीच, जाबुल प्रान्तका प्रहरी उपप्रमुख गुलाम जीलानी फाराहीले प्रान्तीय राजधानी क्वालातमा लडाकुले ४० ओटा रकेट बम प्रहार गरेको तर सौभाग्यबस कुनै मानवीय क्षती भने हुन नपाएको बताउनुभयो । 

उहाँले सरकारी सुरक्षा फौजको तर्फबाट आक्रमणकारीहरुका विरुद्धमा त्यस क्षेत्रमा सुरक्षा कारबाही कडा बनाइएको बताउनुभयो । घटनास्थल राजधानी काबुलदेखि ३४० ले किलोमिटर दक्षिणतर्फ पर्दछ ।

प्रतिकृया दिनुहोस्

Loading...