मृत्यु भएको ४ महिनापछि जन्मदिनमा सार्बजनिक गरियो यमबुद्धको 'पागलपन' (भिडियोसहित)


  • काठमाडौँ ।
२०७३ माघ १ गते आत्महत्या गरी मृत्यु भएका -यापर यमबुद्धको नयाँ गीत 'पागलपन' सार्बजनिक भएको छ । उनको भौतिक शरीर यो संसारमा नरहे पनि एकपछि अर्को उनका नयाँ गीत सार्वजनिक भइरहेका छन्। 

जेठ १६ यामबुद्ध जन्मेको दिन पारी मङ्गगलबार उनले गाएको “पागलपन” बोलको गीत सार्वजनिक भएको हो।

पागलपन गीतलाई नायक तथा निर्माता रेश मरहठ्ठाले निर्माण गरेका हुन्। उनी नाताले यमबुद्धका बहिनी ज्वाइँ पनि हुन्। यमबुद्धकी बहिनी अश्मी अधिकारी र रेशबीच २०७१ सालमा इन्गेजमेन्ट भएको थियो।

यो गीतको म्युजिक भिडियोमा रेशका साथै चर्चित नायिका प्रियंका कार्की र अशिमा अर्यालले समेत अभिनय गरेका छन्। यो भिडियोको पोष्ट प्रोडक्सन तथा निर्देशन दिनेश जंग रानाले गरेका हुन्। 

गीतको म्युजिक भने शैलेश श्रेष्ठले दिएका छन् । राजेन्द्र समनद्वारा अमेरिकामा छायांकन गरिएको 'पागलपन' बोलको गीतलाई सङ्गस नेपालले यु–ट्युब च्यानलबाट सार्वजनिक गरेको छ।

नेपाली गीत सङ्गीत क्षेत्रमा बिल्कुलै फरक विधालाई स्थापित गराई यमबुद्धले युवा पुस्ता माझ हिपहप र र्‍याप गीत सङ्गीतलाई चिनाएका थिए। 

नेपालमा र्‍याप ब्याटललाई स्थापित गराउने प्रमुख श्रेय उनलाई नै जाने गर्दछ। सन् २००९ मा उनले गाएको साथी बोलको गीतले नै उनलाई युवाहरु माझ पहिलो पटक चिनाएको हो।

हेर्नुहोस् गीतको भिडियो

, ,

प्रतिकृया दिनुहोस्

Loading...